४ जनामा कोरोना संक्रमण पुष्टि पछि जगदम्बा इन्टरप्राइजेज सिल

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना अर्को सूचना जारी नभएसम्म उद्योग प्रवेशमा प्रशासनलेले रोक लगाइएको हो ।

जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । सीमावर्ती भारतीय राज्य बिहारमा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्था र नेपालमा लकडाउनकै समयमा जगदम्बाले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना प्रशासनसम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *