Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

तेस्रो लिंगीको भूमिकामा अनु शाह

admin

काठमाडौं । डेढ दर्जन बढी फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी चर्चित अभिनेत्री अनु शाहले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् । गायक तुलसी सिवाकोटीको भर्खरै सार्वजनिक भएको ‘म त मान्छे सिधा साधा’ बोलको आधुनिक गीतमा अनुले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी हुन् ।
सुर्य खत्रीको शब्द रहेको रोमान्टिक शैलीको उक्त गीतमा अनु शाहको साथमा गायक शिवाकोटीले नै अभिनय गरेका छन् । लिला सिवाकोटीको संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो रोमान्टिक शैलीमा निर्माण भएको छ ।
उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतको म्यूजिक भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यूरोपका नेपालीहरु माझ लोकप्रिय रहेका गायक शिवाकोटीको यो गीत सार्वजनिक भएसँगै नेपाली गीत संगीतको क्षेत्रमा उनको क्रेज बढ्ने निश्चित देखिन्छ ।
हेर्नुहोस् भिडियो ः


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको