
मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आज रेडियो परिसरमा अहिले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले उदघाटन गर्नु भएको हो ।
इश्वर यादवले रक्तदान गरि शुरुवात भएको कार्यक्रममा ४२ जना महिला सहित ३ सय २९ जनाले रक्तदान गरिसक्नु भएको छ । कार्यक्रममा रेखा साह, इन्दु सर्राफ, रेणु यादव, सिमा खड्का,प्रियंका साह गोढ, बब्लु अन्सारी, दुर्गा काफ्ले, युवराज गौतम, रितेश गिरी, अनिल ठाकुर, अजय केशरी, सनिल साह, विकास राउत, ओम मिश्रा, सुजित साह, शिवशंकर मिश्रा, धिरज कुमरा गुप्ता, नविन कुमार सिंह, , तबरेज आलम, अहमद हुसेन, सचिन सुव्वा,सगिर अहमद, सैमुदिन अन्सारी, जितेन्द्र राम, अनिल महत्तो, सुवास मगर आले, कृष्ण साह, सागर खड्का, दिपु साह, प्रमोद पटेल, रमेश पण्डितसन्दिप श्रेष्ठ, मुकेश सर्राफ, श्याम साह लगायतकाले रक्तदान गरेका छन् । यस्तै कार्यक्रममा सखुवाप्रसौनी गाउपालिकाका प्रमुख प्रदीप जयसवाल, जिराभवानीगाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण प्रसाद चौधरी, लगायतकाले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा एक टोली नै आएर रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र ब्लड डोनर्स एसोसिएशनको प्राविधिक सहयोगमामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, अञ्चल प्रहरी कार्यालय नारा्यणी विरगंजका वरिष्ठ प्रहरी उपरिक्षक सुर्य उपाध्याय, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा गणेश रेग्मी, सशस्त्र प्रहरी उपरिक्षक शान्ति कुमार कार्की, प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धर, ब्लड डोनर्स एशोसिएशनका अध्यक्ष शत्रुघन नेपाल, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, लगायतको उपस्थिथि रहेको थियो ।
कार्यक्रममा ३ जना द्धृष्टिविहीन किशोरहरुको समेत सहभागिता रहेको थियो । यसैविच रक्तदान कार्यक्रममा तरुण दल वाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा बाराबाट मोटर साईकल र्याली सहित आएको टोलीले रक्तदान गरेका थिए । यस्तै रक्तदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरुले समेत रक्तदान गरेका थिए ।
