Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि नेपाल ग्रामिण चलचित्र महोत्सव किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक पत्र घुससहित जलाधार व्यवस्थापन अधिकृत पक्राउ मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६ संक्रमित थपिए

admin

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ सय ६ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा जोखि झनै चुनौतीपूर्ण बन्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न सर्वसाधारणमा अपील गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ललितपुरका ३ जना, काठमाडौंका १४ जना, संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका ३९ जना, लतिलपुरका ३ जनामा संक्रमण देखिएको छ ।

उता नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका १ जना, भक्तपुरका १जनामा संक्रमण देखिएको छ । यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ५ जना, भक्तपुरका १ जना, ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।

यता, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका ७ जना, वीर अस्पतालमा बाँकेका १ जना, काठमाडौंका ४ जना, र त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा भएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ ।

यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १ जनामा संक्रमण देखिएको छ । वीर ल्याब काठमाडौंमा ललितपुरका १ जना र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सोर्या हेल्थ केयर काठमाडौंमा काठमडौंका ४ जना र ह्याम्स अस्पतालमा काठमाडौंका ४ जनामा संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ७७०, ललितपुरमा १२४ र भक्तपुरमा ८२ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या ९ सय ८२ पुगेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको