पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिताको दाहसंस्कार पछि कोरोना संक्रमण पुष्टि

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिताको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण रहेको रिपोर्ट प्राप्त भएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय उनको यही साउन २२ गते त्रिवि शिक्षण अस्पताल (महराजगन्ज) मा उपचारका क्रममा निधन भएको थियो।

त्यसपछि शव बाह्रबिसे लगेर दाहसंस्कार गरिएको थियो। जसमा करिब १५ सय मानिस सहभागी (मलामी) भएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्।

तर स्वास्थ्य मन्त्रालयले हिजो मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएपछि तनाव भएको छ।

‘अब ती सबै (१५ सय जना) को कन्ट्याक्ट ट्रेसिङा गर्नुपर्ने भएको छ,’ उपप्रमुख पाख्रिनले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘आज पहिलो चरणममा मृतकलाई छोएका तथा धेरै नजिकका मानिसको स्वाब संकलन गर्दै छौं।’

त्यसका लागि अहिले बिहान १० बजेतिर जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली गाँमा आउने उनले जानकारी दिइन्।

‘पहिलो चरणमा सयभन्दा बढीकै स्वाब संकलन गरिन्छ होला,’ उनले भनिन्, ‘उनीहरूको रिपोर्ट कस्तो आउँछ, त्यस आधारमा अरूको पनि क्रमशः स्वाब परीक्षण गरिनेछ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *