Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

पाकिस्तानी कलेजमा हमला, नौ जनाको मृत्यु, ३६ जना घाईते

admin

पाकिस्तानी शहर पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ जनाको ज्यान गएको छ। मारिनेमध्ये ८ जना विद्यार्थी र एक जना कर्मचारी रहेको प्रहरीले बताएको छ। अन्य ३६ जना घाइते छन्। बुर्का लगाएर तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार सबै आक्रमणकारीहरु मारिएका छन्। पाकिस्तानी तालिवानले आक्रमण आफूहरुले गराएको बताएको छ। कलेजभित्रबाट एउटा ठुलो विस्फोटको आवाज सुनिएको सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले प्रहरी र सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन्।उक्त कलेजमा ४०० जना विद्यार्थीहरु रहेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको