Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन

admin

चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ। ९० वर्षीय उनको सोमबार अमेरिकामा निधन भएको हो।

जसराजकी नातिनी मीनाक्षीले बीबीसीकी सहयोगी पत्रकार मधु पालसँग मृत्युको पुष्टि गरेकी छन्।

उनको परिवारले अमरिकाको न्युजर्सीस्थत आफ्नै घरमा हृदयघातका कारण उनको निधन भएको जानकारी दिएका छन्।

उनको निधन स्थानीय समयानुसार सोमबार बिहान ५स्१५ बजे भएको हो।

पद्म श्री, पद्म भूषण र पद्म विभूषणलगायत थुप्रै पुरस्कार पाएका पण्डित जसराजको जन्म सांगीतिक पृाष्ठभूमिा भएकै परिवारमा भएको थियो।

सन् १९३० मा हरियाणामा जन्मिएका पण्डित जसराज करिब ८ दशक सांगीतिक क्षेत्रमा सक्रिय रहे। उनलाई बुबा पण्डित मोतिरामले संगीत सिकाएका थिए। जसराजले भारतका साथै अमेरिका र क्यानडामा पनि शास्त्रीय संगीतको प्रशिक्षण दिएका थिए।

उनको सम्मानमा गत वर्ष मंगल र वृहस्पति ग्रहको बीचमा रहेको छुद्र ग्रहको नामकरण उनकै नामबाट गरिएको थियो। इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन९आईएयू० ले २००६ भीपी(३२ नामक छुद्र ग्रहलाई ‘पण्डित जसराज’ नाम दिएको हो। बीबीसी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको