Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५

admin

काठमाडौं । शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ ।

सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए । यो साता नगरपालिकामा २६२ जनाको पिसिआर परीक्षण गरेको बताउँदै चापागाईंले सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिए ।

नगरपालिकाले सङ्क्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहनुभएका प्रमुख चापागाईंले बताए । सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको