Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

अनलाईन भोटिङमा ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’

admin

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ को अनलाईन भोटिङ सुरु भएको छ। मंसिर २६ गते फिनाले हुने यस् प्रतियोगिताको ‘बेस्ट पपुलर चईस अवार्ड’ पनि अनलाईन भोटिङबाटै प्राप्त गर्न सकिने आयोजकले बताएका छन्। सौन्दर्य प्रतिस्प्रधाको अन्तरास्ट्रिय नियम अनुसार सबैभन्दा धेरै अनलाईनमा भोट प्राप्त गर्ने प्रतियोगीले पब्लिक चइस अवार्ड प्राप्त गर्नेछन। आर्टिस्ट नेपालको फेसबुक पेज मार्फत आफुलाई मन पर्ने प्रतिस्प्रधीलाई मंसिर २५ गतेसम्म भोट् गर्न सकिनेछ। यस् प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १५ जना प्रतियोगीहरु छानिएका थिए।

एमाजोन ईन्टरटेन्मेन्टका सिइओ कमल खतिवडाले प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको बताएकाछन।

प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी,बेस्ट ड्रेस्स, बेस्ट स्किन, मस्ट पपुलर, मस्ट ब्युटिफुल, मिसेस फोटोजेनिक, बेस्ट स्माईल आदि बिभिन्न विधामा विजेता छानिनेछ। प्रतियोगितामा बिष्णु खड्का, गंगा अधिकारी, छानु गुरुङ, हिमा कुमारी भाट, उर्मिला घिमिरे, सुमित्रा लामा, बिकला घिमिरे, लक्ष्मी पुरी प्रधान, संगिता लिम्बु डङ्गोल, शर्मिला भट्टराई , बिनु माझी, कृपा चुके, रेखा भट्टराई, करुणा श्रेष्ठ, तुलशा अर्याल रहेका छन।

Mrs.Capital Queen Nepal

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको