Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

उपत्यकामा १६९ सहित ६८१ कोरोना संक्रमित थपिए

admin

काठमाडौं। उपत्यकामा १६९ सहित कोरोनाका ६८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ६ सय ८१ जना कोरोनाका संक्रमितहरु थपिएको जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्र १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १३४ भक्तपुरमा ८ जना र ललितपुरमा १७ जना कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका हुन्।

प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो। नेपालमा हालसम्म ५ लाख ५४ हजार ३ सय ८२ जनाको पीसीआर २८ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो नेपालको प्रति दशलाखमा १८ हजार ९ सय ९८ हो।

कोरोनाबाट गत २४ घण्टामा १२० जना निको भएको डा. गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म जम्मा १७ हजार ७ सय जना कोरोना संक्रमण मुक्त भएका छन्।

कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको डा. गौतमले जानकारी दिए। उनका अनुसार गत २४ घण्टामा कोरोनाका कारण १२० जनाले ज्यान गुमाउनु परेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको