Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

मिस विश्वकर्माको ताज सोनियालाई, सिमान्त बने पहिलो मिस्टर विश्वकर्मा

admin

परिवर्तन इभेन्ट नेपालले आयोजना गरेको “मिस एण्ड मिस्टर विश्वकर्मा-२०१७” को ताज सोनिया विश्वकर्मा र पुरुषतर्फ सिमान्त बराइलीले जितेका छन्। राजाधानीमा आयोजित यस प्रतियोगितामा फर्स्ट रनरअप र सेकेन्ड रनरअप भने चुनिएन । फस्ट र सेकेण्ड नभएको सम्भवत: यो पहिलो प्रतियोगिता हो।

त्यस्तै, प्रतियोगितामा महिलातर्फ मिस फोटोजेनिक निशा सुनार, बेस्ट ड्रेसमा बिनु विश्वकर्मा, मिस टेलेन्ट सुसमपन्ना रसाइली, मिस चर्मिंङ रेजिना बिश्वकर्मा, पपुलर सोनिया बिश्वकर्मा, बेस्ट स्माइल खुस्बु बिश्वकर्मा, बेस्ट स्किन सरिता रमदम, क्याटवाक सोनिया बिश्वकर्माले हात पारेकी छन् भने पुरुषतर्फ मि. फोटोजेनिक प्रलाद गजमेर मि. पर्सनालिटि सिमान्त बराइली,मि टेलेन्ट सुरज बिश्वकर्मा,मि फ्रेन्डली कमल विश्वकर्माले हात पारे। मिस विश्वकर्माको यो दोश्रो सिजन हो भने मिस्टर बिश्वकर्माको पहिलो सिजन हो।

संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको यस प्रतियोगिता बिश्वकर्मा समुदायका युवाहरूको आफ्नो कला सस्कृति एव पहिचान दिलाउन गरिएको हो। प्रतियोगितामा बिश्वकर्मा समाज नेपाल, बिश्वकर्मा समाज युएइ, बिश्वकर्मा समाज कुबेतले सहकार्य गरेको आयोजक राज बराइलीले बताए। प्रतियोगिता सफल पार्न सहयोग गर्ने बिभिन्न ब्यक्तित्व तथा संघसंस्थाहरु लाई परिवर्तन इभेन्ट हाउसकी प्रेसिडेन्ट सोनिया जिआरले मायाको चिनो प्रदान गर्नुभएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको