Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

मिस विश्वकर्माको ताज सोनियालाई, सिमान्त बने पहिलो मिस्टर विश्वकर्मा

admin

परिवर्तन इभेन्ट नेपालले आयोजना गरेको “मिस एण्ड मिस्टर विश्वकर्मा-२०१७” को ताज सोनिया विश्वकर्मा र पुरुषतर्फ सिमान्त बराइलीले जितेका छन्। राजाधानीमा आयोजित यस प्रतियोगितामा फर्स्ट रनरअप र सेकेन्ड रनरअप भने चुनिएन । फस्ट र सेकेण्ड नभएको सम्भवत: यो पहिलो प्रतियोगिता हो।

त्यस्तै, प्रतियोगितामा महिलातर्फ मिस फोटोजेनिक निशा सुनार, बेस्ट ड्रेसमा बिनु विश्वकर्मा, मिस टेलेन्ट सुसमपन्ना रसाइली, मिस चर्मिंङ रेजिना बिश्वकर्मा, पपुलर सोनिया बिश्वकर्मा, बेस्ट स्माइल खुस्बु बिश्वकर्मा, बेस्ट स्किन सरिता रमदम, क्याटवाक सोनिया बिश्वकर्माले हात पारेकी छन् भने पुरुषतर्फ मि. फोटोजेनिक प्रलाद गजमेर मि. पर्सनालिटि सिमान्त बराइली,मि टेलेन्ट सुरज बिश्वकर्मा,मि फ्रेन्डली कमल विश्वकर्माले हात पारे। मिस विश्वकर्माको यो दोश्रो सिजन हो भने मिस्टर बिश्वकर्माको पहिलो सिजन हो।

संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको यस प्रतियोगिता बिश्वकर्मा समुदायका युवाहरूको आफ्नो कला सस्कृति एव पहिचान दिलाउन गरिएको हो। प्रतियोगितामा बिश्वकर्मा समाज नेपाल, बिश्वकर्मा समाज युएइ, बिश्वकर्मा समाज कुबेतले सहकार्य गरेको आयोजक राज बराइलीले बताए। प्रतियोगिता सफल पार्न सहयोग गर्ने बिभिन्न ब्यक्तित्व तथा संघसंस्थाहरु लाई परिवर्तन इभेन्ट हाउसकी प्रेसिडेन्ट सोनिया जिआरले मायाको चिनो प्रदान गर्नुभएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको