दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। मार्चपछि त्यहाँ एक दिनमा यति धेरै संक्रमित देखिएको पहिलोपटक हो।
त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने आशंका व्यक्त गरेका छन्।
उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन्। मन्त्री लिपले जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन्।
नयाँ संक्रमित १६६ वटा चर्चले संयुक्त रूपमा आयोजना गरेको प्रार्थना सभामा सहभागी व्यक्ति हुन्। उनीहरूको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमति भएको हुन सक्ने अनुमान गरिएको छ।
लोकप्रिय समाचार