Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो देशका अधिकांश भूभागको मौसम सफा रहने आज महानवमी , तलेजु भवानी मन्दिर खोलिँदै आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

ब्राजिलमा कोरोनाका सङ्क्रमित ३४ लाख बढी, २४ घण्टामा मात्र ४९ हजार थपिए

admin

 कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन्। प्राप्त समाचारअनुसार पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन्।

त्यसैगरी गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो।

यति ठूलो संख्यामा नागरिकहरु सङ्क्रमित हुन पुगेका ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार जना नयाँ संङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या पनि निकै बढेको छ।

अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो। प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो।

अहिलेसम्म संक्रमितको संख्या ३४ लाख ५६ हजार जना पुगेको बताइएको छ। २६ लाखभन्दा  बढी नागरिक भने निको भएर घर फर्किएका छन्।

योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजारभन्दा बढी पगेको बताइएको छ। यस संक्रमणबाट विश्वमा २ करोड २६ भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको