Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

रामेछापमा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा

admin

 जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १३सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड–१९ को संक्रमण बढेको भन्दै रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरेकी हुन् । यसअघि चैतदेखि जेठसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । असारदेखि हालसम्म बजार र आन्तरिक सार्वजनिक सवारी सञ्चालन थिए ।

शर्माद्वारा जारी सूचनामा निषेधाज्ञाको अवधिमा अत्वाश्यक सेवा बाहेक अरु सेवा प्रभावित हुने जनाइएको छ । खाद्य, दूध, तरकारी र फलफूलका पसलहरु हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन दिने र अत्यावश्यक सेवाका सवारी सञ्चालन बाहेकका अन्य कार्य उक्त अवधिमा हुन पाउने छैनन् ।

सूचनामा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रा समेतलाई निषेध गरिएको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको