भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ६९ हजार ६ सय ५२ संक्रमित थपिएका हुन्। एकै दिन यति धेरै संक्रमित थपिएको यो अहिलेसम्मकै रेकर्ड हो।
योसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ भने ५३ हजार ८ सय ६६ जनाको मृत्यु भइसकेको छ।
बिहीबार सबैभन्दा बढी महाराष्ट्रमा १४ हजार ६ सय ४७ संक्रमित थपिएका छन्। यहाँ संक्रमितको संख्या ६ लाख ४३ हजार २ सय ८९ पुगेको छ भने २१ हजार ३ सय ५९ जनाको मृत्यु भइसकेको छ। १ लाख ६२ हजार ४ सय ९१ जनाको उपचार भइरहेको छ।
लोकप्रिय समाचार