कोरोना संक्रमणका कारण वीरगञ्जमा शुक्रबार राति थप एकजनाको मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली बिर्ता टोल बस्ने ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा शुक्रबार राती ८ बजेर ५ मिनेटमा मृत्यु भएको हो।
गत बिहीबार भदौ ४ गते मात्रै ती पुरुषको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा त्यसको भोलिपल्ट भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वासप्रस्वासमा समस्या रहेको ती पुरुषलाई उपचारको क्रममा चिकित्सकले आइसीयूमा भर्ना गरेका थिए।
उनको स्वास्थ्यमा सुधार नदेखिएपछि भेन्टिलेटरमा पनि राखेर उपचार गरिएको थियो। तर ती पुरुषको अन्त्यमा राति ज्यान गएको थियो। मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ।