नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित थप ५३ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको हो ।
जसमा आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । परिक्षण गरिएका मध्ये १९ जना संक्रमित बाराका बासिन्दा रहेको बताइएको छ । ५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो । १६ जनामध्ये ९ जना नेपाल आयल निगमका कर्मचारी र बाँकी ट्यांकर चालक र स्थानीय रहेको बताइएको छ । त्यस्तै पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा १४ जना संक्रमित थपिएका छन् ।
लोकप्रिय समाचार