Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

वीरगञ्ज र भैरहवामा थप दुई कोरोना संक्रमितको मृत्यु

admin

वीरगञ्ज र रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो।

उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी लडेर घाइते भएपछि उपचारको लागि अस्पताल जाँदा कोरोना संक्रमण देखिएको थियो। योसँगै रुपन्देहीमा कोरोना संक्रणको कारण मृत्यु हुने संख्या ६ पुगेको छ।

यसैबीच वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अघि मृत्यु भएका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साको जिराभवानी गाउँपालिका–४ घर भएका उनको आइतबार राति १० बजे मृत्यु भएको थियो। मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो। गएराति उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको