Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

नेकपाको दुवै अध्यक्षवीच सचिवालय बैठक १३ गते बोलाउने सहमती

admin

kp-oli_prachanda

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच नेकपा सचिवालय बैठक १३ गते शनिबार बोलाउने सहमति भएको छ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि मंगलबार छलफल गर्दै अध्यक्षद्वयले १३ गते शनिबार बैठक बोलाउने सहमति गरेका हुन्। कार्यदलले बुझाएको प्रतिवेदन सचिवालय बैठकमा छलफल गराउने भन्दै शनिबार सविचलाय बैठक बोलाउने सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

वरिष्ठ नेता माधव नेपालका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल यतिबेला होम आइशोलेशनमा छन्। उनी बिहीबार आइशोलन अवधि पूरा गरेर बाहिर आउने बताइएको छ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न अध्यक्ष दाहाल मंगलबार विहान ९ : ४० बजे बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुई घण्टा छलफल भएको थियो।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दश शर्मा पनि दुई अध्यक्षबीचको छलफलमा सहभागी थिए। महासचिव पौडेल कार्यदल संयोजक हुन भने शर्मा सदस्य हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको