सोमबार मृत्यु भएकी काठमाडौं चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण

काठमाडौं । सोमबार मृत्यु भएकी काठमाडौं चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी उनको सोमबारै मृत्यु भएको थियो ।

मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

‘उनको हिजो मृत्यु भएको थियो उनको रिपोर्ट भने आज आएको हो’ उनले भने ।

पछिल्लो २४ घण्टामा यी महिलासहित काठमाडौं उपत्यकामा २ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *