Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

उपत्यकामा ३०१ सहित थप ८८५ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

admin

 बुधबार उपत्यकामा ३०१ सहित देशभर ८८५ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ८८५ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा २३० जना, भक्तपुरमा २४ जना र ललितपुरमा ४७ जना गरी काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ हजार ४१८ पुगेको छ।

हालसम्म १९ हजार ८०४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३८५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ३३९ रहेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय १७५ पुगेको छ। गत २४ घण्टामा १३ हजार २५३ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै ९ हजार ८३२ जना क्वारेन्टिनमा रहेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको