बाँकेमा आज ५१ जना सेना सहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना तथा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना गरी ७३ जनामा कोराना देखिएको हो ।
कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकबाट १०० जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको हो । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ४२ पुगेको छ । त्यस्तै ५ जनाले ज्यान गुमाएका छन् ।
लोकप्रिय समाचार