Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

दुर्गा प्रसाईँ पक्राउको विरोधमा आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो

झापाको कामाटोलीमा सशस्त्रको गोली लागी एक जनाको मृत्यु

admin

झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ ।

स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागी कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो ।

सोक्रममा गोली लागि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले जानकारी दिए ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा प्रहरीले बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासीले सशस्त्र प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ ।

सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।

झापा गाउँपालिकाका प्रमुख जय नारायण साहका अनुसार गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेर सदरमुकाम लान खोजेपछि स्थानीयबासी प्रहरीमाथि नै आक्रमणमा उत्रिएका थिए ।

प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्र असामान्य बनेको छ । स्थानीयबासीले टायर बालेर विरोध गरिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको