विभन्न अग्ला पहाड तथा पहराहरूमा पाइने जडीबुटी शिलाजीतका विषयमा धेरैलाई थाहा नहुन सक्छ ।
आयुर्वेदमा शिलाजीतको विशिष्ट स्थान छ । यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइने हुँदा मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीत निकै लाभदायी हुने बताइन्छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पुर्याउने बताइन्छ ।
विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल पार्ने गर्छ ।
शुद्ध शिलाजीत १० ग्राम, केशर दुई ग्राम, अम्बर दुई ग्राम मिसाएर मजाले घोटेर दुई दुई रत्तीको गोली बनाउनुस् । यसलाई बिहान बेलुका दूधसँग खानुस् । स्वप्नदोष आउन बन्द हुन्छ अनि शरीरमा बल र पुष्टि आउँछ ।
शीघ्रस्खलनका रोगी विवाहित पुरुषले यसको सेवन गर्दा समस्या समाधान हुन्छ । अमिलो कुरा नखाइकन कम्तीमा पनि ६० दिन यसरी शिलाजीत खानुपर्छ ।
आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ ।
यो तीतो, कसिएको र तातो हुन्छ । शिलाजीतको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ ।यसको सेवनले बुढ्यौलीका समस्या पनि समाधान हुन्छन् ।
शिलाजीत चार प्रकारका हुन्छन् स् रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजीतका गुण तथा लाभ पनि प्रकृति अनुसार नै हुन्छ ।
पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।