Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

प्रहरीको गोलीबाट मृत्यु भएका आलमको शव परिवारले बुझेनन्

admin

झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ ।

बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर सोही ठाउँमा ३८ वर्षीय आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुधवार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

आलमको मृत्यु भएसंगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने , धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्नेलगायतका ११ सूत्रीय माग राख्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यसैबीच मृतक परिवारका मागका बिषयमा कामाटोलीमा छलफल शुरु भएको छ । छलफलमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, अन्य जनप्रतिनिधि, पार्टी प्रतिनिधि , मृतक परिवार, मुस्लिम समुदायका अगुवलगायतको सहभागिता छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले छलफलका लागि सदरमुकाममा बोलाएका थिए । तर, मृतक परिवारले घटनास्थलमै छलफल हुनु पर्ने भन्दै सदरमुकाम जान अस्वीकार गरेका छन् ।

मुस्लिम समुदायले झापा गाउँपालिका–३ कामाटोली बजारमा अमरपथ सडक अवरुद्द गरेका छन । सडकमा काठका मुडा र टायर बालेर सडक अवरुद्द गरेका हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको