Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

दुर्गा प्रसाईँ पक्राउको विरोधमा आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो

जनकपुर-जयनगर रेल यही भदौभित्र

admin

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको २ वटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए । ‘कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,’ उनले भने ।

अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न अवरोधले नेपाल आउन केही ढिलाइ भएको हो । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पारे ।

रेल्वे लिक हस्तान्तरण

यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर-जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिए । उनका अनुसार सके भदौभित्र नत्र असोजभित्र भारतले नेपाललाई सो ट्र्याक हस्तान्तरण गर्नेछ ।

‘रेल्वे लिक हस्तान्तरण गर्न अहिले दुवै मुलुकमा गृहकार्य भइरहेको छ,’ उनले भने, ‘उक्त रेल सेवा कसरी सञ्चालन गर्ने, सञ्चालन भएको कति अवधिसम्म त्यसको मर्मतसम्भार भारतले गर्ने लगायतका सर्त र सेवाको खाका दुवै मुलुकले तयार गरिरहेका छन् ।’

लिक हस्तान्तरण गर्न लिकमा देखिएका समस्या र चोरी भएका ‘रेल्वे क्लिप’ मर्मतका लागि भारतीय प्राविधिक टोली यसै हप्ता जनकपुर आइपुग्ने उहाँले बताउनुभयो । करिब ५ हजार ‘रेल्वे क्लिप’ हराइरहेका छन् । क्लिपले रेलको लिकलाई स्थिर बनाएर राख्ने काम गर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको