Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

सहयोग गर्नुस , लोडसेडिङ हुदैन : कुलमान घिसिङ

admin

नेपाल बिद्युत प्राधिकरणले हाल देशमा लोडसेडिङ नभएको बताएको छ । केही दिनयता कहि कतै प्राविधिक कारणले बिजुली गए पनि त्यसलाई गलत तरिकाले प्रचार गरेको भन्दै प्राधिकरणले यसमा आपत्ति जनाएको छ । हाल प्राधिकरणले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित र अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

‘विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेका छन्, घोषितरअघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ गरिएको छैन,’ विज्ञप्तीमा उल्लेख छ ।

प्राविधिक समस्याका कारण कहिं कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको जानकारी दिएको छ ।

यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट ९९२ मेगावाटको कुलेखानी बाहेक, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ ।

यसबाहेक नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गरिएको छ ।

माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको