सामाजिक सञ्जाल फेसबुकमा महिला बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको मोहन्याल गाउँपालिका–३ बस्ने वर्ष २७ को धन बहादुर शाही रहेका छन्। शाहीलाई बिहीबार काठमाडौंको कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जाल फेसबुकको आईडीमा महिलाको आकर्षक फोटो राखी विभिन्न व्यक्तिसँग म्यासेन्जरबाट कुराकानी गर्ने र माया जालमा पार्ने गरेका प्रहरीले जनाएको छ। त्यसपछि उनले अश्लिल फोटो पठाउने र रकम आईएमई गर्न लगाउने तथा रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी ब्ल्याकमेलिङ गरेर ठगी गर्ने गरेका थिए।
पक्राउ परेका शाही उपर थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लोकप्रिय समाचार