Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

२ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति अमेजन मालिक जेफ बेजोस

admin

अमेरिकी कम्पनी अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको छ । यो सँगै उनले २ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्तिको रुपमा इतिहास रच्न सफल भएका छन् ।

फोर्ब्स तथा ब्लुम्बर्ग बिलियनिर इन्डेक्सका अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको सम्पत्तिमा एकैदिन ४ अर्ब ९० करोड डलरमा वृद्धि भएसँगै कूल सम्पत्ति २ खर्ब डलर नाघेको हो । फोर्ब्सका अनुसार अमेजन कम्पनीको शेयर मूल्यमा २ प्रतिशतको वृद्धि भएसँगै बेजोसको सम्पत्ति झण्डै ५ अर्बले थपिएको हो ।

अमेजन कम्पनीको सिइओ बेजोससँग एरोस्पेस कम्पनी ब्लु ओरिजिन तथा वाशिङ्गटन पोष्ट लगायतको समेत स्वामित्व रहेको छ । तथापि अमेजन कम्पनीमा भएको उनको ११ प्रतिशतको शेयर हिस्साले उनको कूल सम्पत्तिको ९० प्रतिशत ओगटेको छ ।

कोरोना महामारी सुरु भएसँगै ई–कमर्श कम्पनी अमेजनको व्यापार तथा आम्दानीमा तीव्र वृद्धि भैरहेको छ । सन् २०२० सुरु भएयता अमेजनको शेयर मूल्यमा ८० प्रतिशतको बढोत्तरी भैसकेको छ । जसका कारण सन् २०२० को जनवरी १ मा १ खर्ब १५ अर्ब डलर मात्र सम्पत्ति भएका बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको हो ।

फोर्ब्सका अनुसार बुधबार बेजोसको सम्पत्ति २ खर्ब ४ अर्ब डलर नाघेको छ । त्यस्तै ब्लुम्बर्ग बिलिनेयर इन्डेक्स अनुसार उनको सम्पत्ति २ खर्ब २ अर्ब डलर रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको