Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

३ जिल्लाका सीडीओको सरुवा

admin

गृह मन्त्रालयले ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । सरुवा हुनेमा काभ्रे, सल्यान र झापाका सीडीओ रहेका छन् ।

मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई ल्याइएको छ ।

सल्यानको प्रमुख जिल्ला अधिकारीमा भने गृह मन्त्रालयका हेमराज तामाङलाई पठाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदय रानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेपछि झापामा प्रजिअ पद खाली रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको