Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

विश्वभर १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जिते

admin

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।

अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् । ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६० लाख ९४ हजार ५५७ जना मानिस संक्रमित हुँदा १ लाख ८५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् । ३३ लाख ७१ हजार ५९२ जनाले कोरोनालाई जितेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको