Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

सचिताले वृद्धाआश्रममा मनाईन जन्मदिन

admin

काठमाडौ १३,पौष । पछिल्लो समयमा पत्रकार तथा कलाकारहरुले आफ्नो जन्म दिन होटेल रेस्टुरेन्टमा गएर केक काटेर महँगो खर्च गर्ने परम्परा रहेको छ । साथीभाई भेला बनाएर रक्सी खाएर लाखौ रुपैया खर्च गर्ने जाना आएको छ । तर लोकप्रिय समाचार बाचिका सचिता बुढाथोकीले आफ्नो जन्म दिन अरुको भन्दा फरक तरिकाले मनाएकी छन् । उनले आफ्नो २४ औँ जन्मदिन पारेर वृद्धाआश्रमका वृद्धाहरुलाई फलफुल तथा खानेकुरा बितरण गरेर जन्मदिन मनाएकी हुन् । नयाँबानेश्वर शान्तिनगर गेटको छेउमा रहेको निःसहायक सेवा केन्द्रमा रहेका ४० जना जेष्ठ नागरिकलाई खानेकुराहरु बितरण गरेर सामान्य रुपमा आफ्नो जन्मोत्सव मनाएकी हुन ।
बुढाथोकी एबिसी टेलिभिजनमा २ बर्ष देखि समाचार बाचिका भएर काम गरिहेकी छन् । आफु पत्रकारितासँगै समाजसेवामा समर्पित गर्न मन लागेको सचिताले बताइन । मेरो सानै देखिको समाजसेवा गर्ने इच्छा र बुवाको सपनामा पुरा गर्न आफु भए पनि ४ बर्ष देखि वृद्धाआश्रममा जन्मदिन मनाउने गरेको सुनाइन । अघिल्लो साल सडक बालबालिकालाई फलफुल बितरण गरेर जन्मदिन मनाएकी थिइन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको