Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

सचिताले वृद्धाआश्रममा मनाईन जन्मदिन

admin

काठमाडौ १३,पौष । पछिल्लो समयमा पत्रकार तथा कलाकारहरुले आफ्नो जन्म दिन होटेल रेस्टुरेन्टमा गएर केक काटेर महँगो खर्च गर्ने परम्परा रहेको छ । साथीभाई भेला बनाएर रक्सी खाएर लाखौ रुपैया खर्च गर्ने जाना आएको छ । तर लोकप्रिय समाचार बाचिका सचिता बुढाथोकीले आफ्नो जन्म दिन अरुको भन्दा फरक तरिकाले मनाएकी छन् । उनले आफ्नो २४ औँ जन्मदिन पारेर वृद्धाआश्रमका वृद्धाहरुलाई फलफुल तथा खानेकुरा बितरण गरेर जन्मदिन मनाएकी हुन् । नयाँबानेश्वर शान्तिनगर गेटको छेउमा रहेको निःसहायक सेवा केन्द्रमा रहेका ४० जना जेष्ठ नागरिकलाई खानेकुराहरु बितरण गरेर सामान्य रुपमा आफ्नो जन्मोत्सव मनाएकी हुन ।
बुढाथोकी एबिसी टेलिभिजनमा २ बर्ष देखि समाचार बाचिका भएर काम गरिहेकी छन् । आफु पत्रकारितासँगै समाजसेवामा समर्पित गर्न मन लागेको सचिताले बताइन । मेरो सानै देखिको समाजसेवा गर्ने इच्छा र बुवाको सपनामा पुरा गर्न आफु भए पनि ४ बर्ष देखि वृद्धाआश्रममा जन्मदिन मनाउने गरेको सुनाइन । अघिल्लो साल सडक बालबालिकालाई फलफुल बितरण गरेर जन्मदिन मनाएकी थिइन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको