Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो देशका अधिकांश भूभागको मौसम सफा रहने आज महानवमी , तलेजु भवानी मन्दिर खोलिँदै आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

admin

इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छैन ।

आईपीएल खेल्न दुबई पुगेका खेलाडी, अफिसियल र सम्पूर्ण कर्मचारी गरेर एक हजार नौ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ । यसैबीच चेन्नईका प्रमुख बलर सुरेश रैना भारत फर्किएका छन् ।

पारिवारिक कारणले रैना भारत फर्किएको आईपीएलले जनाएको छ । गएको मार्चमा हुने आईपीएल भारतमा कोरोनाको सङ्क्रमण धेरै रहेका कारण सेप्टेम्बर १९ तारिख अर्थात असोज तीन गतेदेखि दुबईमा हुँदैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको