कंगारु ऐजुकेशन फाउण्डेशनले विदेश अध्ययनमा जान चाहने विधार्थीहरुलाई सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले यहि आउँदो २३ जनवरी, २०१८ मंगलबारका दिन राजधानीको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा “कंगारु ऐजुकेशन फेयर २०१८” आयोजना गर्ने भएको छ ।
उक्त शैक्षीक मेलामा अष्ट्रेलिया, न्यूजील्याण्ड, अमेरीका र यूरोपका गरी २० वटा भन्दा वढी प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज तथा प्राइभेट कलेजहरुको पनि सहभागीता रहने आयोजक संस्था कंगारुले जानकारी दिएको छ । शैक्षिक मेलामा आउने सम्पूर्ण विद्यार्थी अभिभावकहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु संग अन्तरक्रिया गरी सत्य तथ्य, जिवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि लिएर डकुमेन्टेसन मार्फत एडमिसन र भिजाका सम्बन्धमा पनि मरामर्श लिन सक्नेछन् ।
नेपालबाट अन्तराष्ट्रिय गन्तब्यहरुमा अध्ययनको लागि जाने विधार्थीहरुको संख्यालाई मध्यनजर गर्दै कंगारु ऐजुकेशन फाउण्डेशनले स्थापनाकाल देखि नै विधार्थीहरुलाई उचित परामर्श तथा मार्गदर्शन प्रदान गर्दै आइरहेको छ । काठमाडौको पुतलीसडकमा स्थीत केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा मार्फत परामर्श प्रदान गर्दै आईरहेको छ भने अष्ट्रेलियामा पनि दुईवटा शाखा कार्यालयबाट परामर्श प्रदान गर्दै आइरहेको छ ।
मेलामा नेपालमा अंग्रेजी भाषा परिक्षा सञ्चालन गर्ने संस्था आइ.डी.पी र नेपालको बैङ्क नेपाल एस.वी.आई बैङ्क पनि सहभागिता रहने र उनिहरुले क्रमश अङ्गेजी भाषा परीक्षा आइ.ल.टि.एस. तथा शैक्षिक कर्जा सम्बन्धी जानकारी दिने आयोजक संस्थाले जनाएको छ । मेलामा जाने विधार्थी वा अभिभावकहरुले निःशुल्क प्रवेश पाउनुकासाथै आकर्षक गिफ्ट हयाम्पर पनि प्रदान गर्नेछन् ।