Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

सविन र ज्योती भए सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ को विजेता

admin

काठमाडौँ  : क्रिएसन प्रोडक्सन प्रालिको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ को ग्राण्ड फिनाले मा पुरुष तर्फ सविन गुरुङ्ग र महिला तर्फ ज्योती थापा बिजेता बन्न सफल भएका छन । अन्य प्रतिस्प्रर्धी भन्दा बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य प्रतिस्प्रधीहरुलाई पछि पार्दै सविन र ज्योतीले उक्त ताज पहिरहन सफल भएका थिए । त्यस्तै पुरुष तर्फ फर्स्ट रनरअप पवन गुरुङ्ग र सेकेन्ड रनरअपमा संकिृत कंडेलले उपाधि जित्न सफल भएका थिए भने महिला तर्फ फर्स्ट रनरअप अनिता पून र सकेण्ड रनरअपमा पूर्णिमा थापाले उपाधि हासिल गर्न सफल भए । विजयीहरुले ताज सहित विभिन्न गिफ्ट हाम्पर प्राप्त गरेका थिए ।
प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, , पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ थप मजबुत बनाइ उनीहरुको क्षमतालाई उजागर गराउने कार्य गरेको आयोजक क्रिएसन प्रोडक्सन प्रालिकी सीईओ शोभा पौडेलले जानकारी गराईन । पौडेल सफल ईभेन्ट आयोजक मात्र नभै मोडलको रुपमा पनि सक्रिय रुपमा लाग्दै आएकी छिन ।

सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ अन्तिम प्रतिश्प्रर्धामा जनता टेलिभिजनकी बिपुला जोशी खनाल, संचारकर्मी तथा आर्टिष्ट नेपाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र लुईटेल (राज) मोडल तथा नायिका महिमा सिलवाल, नायक शितल केसी तथा बर्षा बस्नेतले निर्णायक मण्डलमा रहेर बिजेता घोषणा गरेका थिए ।

सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ सौन्दर्य प्रतियोगिताको ईभेन्ट व्यबस्थापन निशान्त फोटोग्राफीका निशान्त ताम्राकारले गरेका थिए । क्रिएसन प्रोडक्सन प्रालिकि सी ई ओ शोभा पौडेलका अनुसार यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएकी छिन । भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवायुवतीहरुलाई प्रोत्साहन मिल्नुका साथै भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा पनि उनि बताउछिन । कार्यक्रमको संचालन यसोदा राइले गरेकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको