Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

मिसेज हिमालयन २०१८ को उपाधि गोमालाई (फोटोफिचर)

admin

‘मिसेज हिमालयन नेपाल २०१८’ को पाँचौ संस्करणको उपाधि गोमा अधिकारीले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिसेज हिमालयन नेपाल’ मा उनले अन्य १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर र सिङापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल २०१८’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अबसर समेत प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा बिन्दु लामा घोषित भईन । उनले पनि उपाधी संगसंगै सिंगापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ग्लोबल २०१८’मा भाग लिन पाउने अबसर प्राप्त गरिन । सेकेन्ड रनरअपको ताज भने रचना ज्ञावलीले प्राप्त गरिन ।


अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन र सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता “मिसेज हिमालयन नेपाल २०१८” को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड रिचा कवैले हात पार्न सफल भईन । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट हेयरमा उनिशा राई,बेस्ट स्किनमा एलिजा रोक्का,बेस्ट फोटोजेनिकमा करुणा जोशी,बेस्ट स्माईलमा प्राप्ती श्रेष्ठ,मस्ट कन्फिडेन्समा रिचा कवै,मिसेस ट्यालेन्टमा रचना ज्ञावली, मस्ट स्मार्टमा प्रमिला सिंह ठकुरी, बेस्ट पर्सोनालिटीमा गोमा अधिकारी, मस्ट चार्मिङमा लामु शेर्पा, मस्ट एक्टिभमा निरु शाह ठकुरी,मस्ट ईन्टलेजेन्टमा बिन्दु लामा,बेस्ट ड्रेस्समा गोमा अधिकारी र मस्ट पपुलरको अवार्ड रिचा कवैले हात पारेका थिए ।

कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी, मोडेल कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरुमा म्युजिक भिडियो तथा टेलिभिजन कमर्सियल निर्देशक तथा आर्टिस्ट नेपालका संस्थापक संचालक नब ढुंगेल,मिसेस ग्लोबल बिजेता दोर्जे डोल्मा गुरुङ,नृत्य निर्देशक एबं ईभेन्ट म्यानजर महेश केसी,नायक बिक्रान्त बस्नेत नायिका तथा फेसन डिजाईनर क्षितिजा शाक्य हुनुहुन्थ्यो ।

प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने अन्तरराष्ट्रिय प्रतिस्प्रधाको लागि बिजेताहरुलाई थप ट्रेनिङ दिन लागेको पनि बताउनु भयो ।

कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा अनुग्रह फेशन बुटिकको ड्रेसमा ड्रिम सर्च एजेन्सीले अफिसियल फोटोग्राफी गरेको थियो । प्रतिस्प्रधाको लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा सांगितिक रुपमा गायक विश्व आरके, गायिका ताया हांङ्मा राई र नृत्यतर्फ ममता तामाङ मनिषा थापा, त्यस्तै सुम्निमा पाण्डे र राज केसीको आकर्शक प्रस्तुतीले थप रौनक प्रदान गरेको थियो ।

फोटो : कमल निकोन छेत्री, सगुन श्रेष्ठ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको