Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

सारिकाले “ठूलै आंट चाहिन्छ मलाई लानेले”.. भन्दै सार्वजनिक गरिन “मूलको पानी”

admin

नायिका एवं मोडलको परिचय बनाईसकेकी सारिका घिमिरे पछिल्लो पटक गायिकाको रुपमा व्यस्तता बढ्दो छ । यसै क्रममा हालै मात्र सार्वजनिक भएको उनको गीति एल्बम “मोहनी”मा संग्रहित मूलको पानीले बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै स्वरमा रहेको “मुलको पानीले“ बोलको गितमा कलाकार सारिका आँफै फिचरीङ भएकी छन् । उनलाई मोडल दिक्पाल कार्कीले अभिनयमा साथ दिएका छन । घिमिरे र कार्कीको साथमा विगोर्खाली ब्वाइजको पनि अभिनय रहेको छ ।
गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको “मुखै चिसो बनायो है मुलको पानीले, ठुलै आट चाहिन्छ है मलाई लानेले“ शब्द तथा संगीतकार दीपक शर्माको संगीत रहेको यस गीतमा गायिका सारिकाको सुभधुर आवाज रहेको छ । निर्देशक रुद्र बोहराको निर्देशन रहेको भिडियोमा राजन लामाको छायांकन र सन्तोष भारद्धाजको सम्पादन रहेको छ ।
चलचित्र म्युजिक भिडियो देखि बिज्ञापनहरुमा आफ्नो अभिनय क्षमतालाई दर्शक माझ प्रश्तुत गर्दै आएकी सारिका देश विदेशको कार्यक्रममा पनि उतिकै ब्यस्त सारिकाले छोटो समयमा गायन यात्रालाई पनि उत्तिकै सक्रियताका साथ अगाडि बढाउदै छिन ।
भिडियो हेर्नुहोस:


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको