Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

सारिकाले “ठूलै आंट चाहिन्छ मलाई लानेले”.. भन्दै सार्वजनिक गरिन “मूलको पानी”

admin

नायिका एवं मोडलको परिचय बनाईसकेकी सारिका घिमिरे पछिल्लो पटक गायिकाको रुपमा व्यस्तता बढ्दो छ । यसै क्रममा हालै मात्र सार्वजनिक भएको उनको गीति एल्बम “मोहनी”मा संग्रहित मूलको पानीले बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै स्वरमा रहेको “मुलको पानीले“ बोलको गितमा कलाकार सारिका आँफै फिचरीङ भएकी छन् । उनलाई मोडल दिक्पाल कार्कीले अभिनयमा साथ दिएका छन । घिमिरे र कार्कीको साथमा विगोर्खाली ब्वाइजको पनि अभिनय रहेको छ ।
गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको “मुखै चिसो बनायो है मुलको पानीले, ठुलै आट चाहिन्छ है मलाई लानेले“ शब्द तथा संगीतकार दीपक शर्माको संगीत रहेको यस गीतमा गायिका सारिकाको सुभधुर आवाज रहेको छ । निर्देशक रुद्र बोहराको निर्देशन रहेको भिडियोमा राजन लामाको छायांकन र सन्तोष भारद्धाजको सम्पादन रहेको छ ।
चलचित्र म्युजिक भिडियो देखि बिज्ञापनहरुमा आफ्नो अभिनय क्षमतालाई दर्शक माझ प्रश्तुत गर्दै आएकी सारिका देश विदेशको कार्यक्रममा पनि उतिकै ब्यस्त सारिकाले छोटो समयमा गायन यात्रालाई पनि उत्तिकै सक्रियताका साथ अगाडि बढाउदै छिन ।
भिडियो हेर्नुहोस:


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको