ग्रीन आर्मी नेपालको नारा ”हरियो राष्ट्र, सशक्त र स्वाबलम्बी नागरिक”

ग्रीन आर्मी नेपालको विधान अनुसारको कार्यसम्पादनको कार्यभार बोकेको ग्रीन आर्मी हाई कमाण्डको औपचारिक बैठक आज जुममा सम्पन्न भएको छ ।करिब २ घण्टा सम्म चलेको उक्त बैठकमा सबै विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकमा सबै सदस्यहरुले अबको कार्यसम्पादनको मोडालिटी कस्तो रहने र ग्रीन आर्मी नेपालको ”हरियो राष्ट्र, सशक्त र स्वाबलम्बी नागरिक” भन्ने मूल उदेश्य अनुरुप कसरी अगाडी जाने भन्ने बिषय छलफल भएको थियो ।

ग्रीन आर्मी नेपालका संस्थापक प्रमुख भन्नुहुन्छ, हामी देशब्यापी रुपमा जान सबै आवस्यक तयारि भैसकेको छ, सबै नागरिक आफ्नै देशमै स्वभालाम्बी बन्नको लागि हामीले राष्ट्रिय तहमै कार्यक्रम ल्याइसकेका छौं । त्यस्तै संस्थाका महासचिव कविता चापागाईंले हामी सबै मिलेर अघि बढे देशको बिकाश सम्भब छ भनेर हामी सबै एकजुट भएका छौं भन्नुभयो । सबै प्रदेशमा यो अभियान सशक्त स्वाबलम्बी नागरिक सहितको हरियो देशको रुपमा विश्वमा चिनाउने लक्ष्य सहित आघि बढिरहेकोमा कुरा संस्थाका संघ-संस्था सम्वन्वय विभागका प्रमुख राजेश घिमिरेले राष्ट्रखबरलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *