
प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने माग राख्दै आएका धनकुटावासीले सरकारले अस्थाई मुकाम विराटनगरलाई तोकेपछि आन्दोलनरत धनकुटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।
हिजो सांझ बिराटनगरलाई प्रदेश नं. १ को राजधानी तोकिएको जानकारी पाउनासाथ असन्तुष्ट बनेका धनकुटावासीले धनकुटा बजारमा मशाल जुलुस समेत निकालेका थिए ।

लोकप्रिय समाचार