Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

धनकुटा तनाबग्रस्त

admin

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने माग राख्दै आएका धनकुटावासीले सरकारले अस्थाई मुकाम विराटनगरलाई तोकेपछि आन्दोलनरत धनकुटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।  उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।

हिजो सांझ बिराटनगरलाई प्रदेश नं. १ को राजधानी तोकिएको जानकारी पाउनासाथ असन्तुष्ट बनेका धनकुटावासीले धनकुटा बजारमा मशाल जुलुस समेत निकालेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको