Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

आन्दोलित नर्सहरुको आन्दोलन स्थगित

admin

मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित नर्स त्रजिना जतिलाई पुनर्बहाली गर्न सरकार सहमत भए पछि आन्दोलित नर्सहरुले आन्दोलन स्थगित गरेका छन् । सरकारी वार्ता टोली र नर्सिङ संघबीच भएको वार्तामा ११ बुँदे सहमति भएको छ । निस्कासन गरिएकी त्रजिनाको पुर्नवहाली २४ घन्टाभित्र गर्ने र बाँकी माग एक महिनाभित्र पुरागर्ने सरकारी प्रतिवद्धता जनाएको छ ।

नर्सिङ सेवा महाशाखा पुनस्र्थापना, सरकारले तोके अनुसार ‘नर्स बिरामीको अनुपात’ लागू हुनुपर्ने, निजी अस्पतालमा पनि सरकारी सरह न्यूनतम तलबभत्ता हुनुपर्ने, भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गर्नु पर्ने संघको माग छ । साथै स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्‍याउनु पर्ने, दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनु पर्ने, श्रम ऐन लागू गर्नु पर्ने लगायत पनि संघको माग थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको