
नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनियताको शपथ आज हुने भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था भए अनुसार अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ। सरकारले बुधबार सात प्रदेशको अस्थायी राजधानी तोक्दै प्रदेश प्रमुख सिफारिस गरेको थियो।
जसमा प्रदेश १ का लागि डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख चयन गरिएको छ। पद तथा गोपनियताको शपथपछि उनीहरुले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन्।
लोकप्रिय समाचार