पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८÷१० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *