Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

तृष्णाले गृहजिल्लामा भव्य रुपमा सम्पन्न गरिन फेशन फयूजन

admin

नवलपरासीको कावासोती फ्युजन फेसन नामक फेसन शो भव्य रुपमा सम्पन्न भएको छ । माघ १ मा नवलपरासीको कावासोती स्थित सितरा रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौंबाट छनौट भएका उत्कृष्ट लोकप्रिय मोडलहरु तथा स्थानिय गरि २५ मोडेलहरुले र्‍याम्प शो गरेका थिए ।

मृगतृष्णा फेसन हाउसकी चर्चित फेसन डिजाइनर तृष्णा गुरुङले डिजाइन गरेका आकर्षक ढंगमा सजिएका मोडेलहरुको पहिरनले छोटो कपडाले मात्र फेसनेबल नहुने र शरिर पूर्ण रुपले ढाकिने डिजाईनले पनि उतिकै आकर्षक र फेसनबेल देखिने रहेछ भन्ने कुरालाई प्रष्ट रुपमा देखाएकी तृष्णाको डिजाइनको खुवै चर्चा भएको थियो । शोमा मोडलहरु बाहेक मिस नेपाल २००५ सुगारिका केसी र नायिका रिस्ता बस्नेत ‘सो स्टपर्स’मा उत्रिएका थिए ।

शो को आयोजना मृगतृष्णा फेसन हाउसले गरेको हो । डिजाईनर अफ द ईयर २०१३ बिजेता फेसन डिजाइनर तृष्णा गुरुङले शो ५ सिक्वेन्सको लागि डिजाईनहरु तयार परेकी थिईन । शो मा कक्टेल, गाउन, सारी, लेहेङा लगायतका डिजाईनमा मोडेलहरु उत्रिएका थिए । फेसन शोको अफिसियल मेकअप आर्टिस्ट चन्द्र गुरुङको मेकअपमा मोडेलहरुलाई सुन्दर बनाइएको थियो ।मोडेलहरुलाई नायिका मोडेल ममता प्रधानले कोरियोग्राफी गरेकी थिईन । पहिलो पटक आफ्नो गृहजिल्लामा यस प्रकारको फेशन शो आयोजना गरेकी तृष्णाले आगन्तुक र दर्शकहरुको उल्लेख्य सहभागिताले आफु निकै खुशि र गर्वको महशुस गरेको कुरा बताईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको