Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

तृष्णाले गृहजिल्लामा भव्य रुपमा सम्पन्न गरिन फेशन फयूजन

admin

नवलपरासीको कावासोती फ्युजन फेसन नामक फेसन शो भव्य रुपमा सम्पन्न भएको छ । माघ १ मा नवलपरासीको कावासोती स्थित सितरा रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौंबाट छनौट भएका उत्कृष्ट लोकप्रिय मोडलहरु तथा स्थानिय गरि २५ मोडेलहरुले र्‍याम्प शो गरेका थिए ।

मृगतृष्णा फेसन हाउसकी चर्चित फेसन डिजाइनर तृष्णा गुरुङले डिजाइन गरेका आकर्षक ढंगमा सजिएका मोडेलहरुको पहिरनले छोटो कपडाले मात्र फेसनेबल नहुने र शरिर पूर्ण रुपले ढाकिने डिजाईनले पनि उतिकै आकर्षक र फेसनबेल देखिने रहेछ भन्ने कुरालाई प्रष्ट रुपमा देखाएकी तृष्णाको डिजाइनको खुवै चर्चा भएको थियो । शोमा मोडलहरु बाहेक मिस नेपाल २००५ सुगारिका केसी र नायिका रिस्ता बस्नेत ‘सो स्टपर्स’मा उत्रिएका थिए ।

शो को आयोजना मृगतृष्णा फेसन हाउसले गरेको हो । डिजाईनर अफ द ईयर २०१३ बिजेता फेसन डिजाइनर तृष्णा गुरुङले शो ५ सिक्वेन्सको लागि डिजाईनहरु तयार परेकी थिईन । शो मा कक्टेल, गाउन, सारी, लेहेङा लगायतका डिजाईनमा मोडेलहरु उत्रिएका थिए । फेसन शोको अफिसियल मेकअप आर्टिस्ट चन्द्र गुरुङको मेकअपमा मोडेलहरुलाई सुन्दर बनाइएको थियो ।मोडेलहरुलाई नायिका मोडेल ममता प्रधानले कोरियोग्राफी गरेकी थिईन । पहिलो पटक आफ्नो गृहजिल्लामा यस प्रकारको फेशन शो आयोजना गरेकी तृष्णाले आगन्तुक र दर्शकहरुको उल्लेख्य सहभागिताले आफु निकै खुशि र गर्वको महशुस गरेको कुरा बताईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको