Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

प्रिसियस हर्वसको नायक शिव श्रेष्ठबाट उद्घाटन

admin

नेपाली चलचित्रका निर्माताद्वय मोहन कृष्ण श्रेष्ठ र वाइएल लामाको संयुक्त लगानीमा कमलपोखरी स्थित सिटी सेन्टरको पहिलो तल्लाको पसल नं. एफ २४ मा अवस्थित प्रिसियस माई हर्वस एण्ड बिड्स सपको नायक शिव श्रेष्ठले समुद्घाटन गरेका छन् । नेपालका उच्च हिमाली भेगमा पाईने दुर्लभ जडिबुटिबाट उत्पादित विभिन्न प्रकारका प्रशोधित औषधीहरु तथा बिना प्रशोधनका शुद्ध जडिबुटिहरु उपलव्ध हुने उक्त सपको बसन्त पन्चमिको शुभ साइत पारी विधिवत रुपमा उद्घाटन गरिएको हो ।

करीब २ करोड लगानी रहेको उक्त सपमा एन्टिक, ज्वलेरी, जेम्स उपलव्ध हुनेछ भने विश्वमै धेरै माग हुने गरेको जडिबुटि यार्सागुम्भा लगायत जडिबुटी चिया, जिमाला, चन्दन माला लगायत बिभिन्न जेम्सहरु खुद्रा तथा थोक बिक्री गर्ने मुख्य उदेश्य रहेको संचालकद्वयले जानकारी दिए । यस किसिमको व्यबसायबाट नेपाललाई जडिबुटिको भण्डारको रुपमा चिनाई देश विदेशमा जडिबुटी तथा वनस्पतीहरुको प्रर्वद्धनमा टेवा मिल्न सक्ने कुरा निर्माता तथा नायक गजित विष्टले बताए । उक्त उद्घाटन कार्यक्रममा नेपालका चर्चित एवं लोकप्रिय कलाकारहरु निर्मल शर्मा,राजेन्द्र खड्गी,सागर लम्साल बले, गजित विष्ट लगायतको उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको