जिल्ला आयुर्बेद केन्द्रमा अनियमितता बढेको भन्दै ध्यानाकर्षण

वीरगञ्ज । भाद्र २९ । वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको अनियमितता बढेको भन्दै आज पहिलो पल्ट स्थानियले खबरदारी सुरु गरेका छन ।

अनियमितता भएको सम्बन्धमा प्रदेश सरकार प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वाथ्य निर्देशनालय अन्तर्गत रहेका पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश मिश्राले कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको र अनियमितता बढेको प्रति स्थानिय वडाबासीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका छन ।

डा. रमेश मिश्राले पर्सा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेबारी लिए पछि स्थानिय अगुवा तथा क्लबका पदाधिकारीहरुको पहल पश्चात आयुर्बेद स्वास्थ्य केन्द्र व्यवस्थापन चुस्त दु्रस्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती गठन गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मिश्राले स्थानिय वडाबासी भएकै कारण अस्पताल ब्यवस्थापनमा मनोमानी गर्दै आएका छन । यस अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी घर बसि बसि जोखिम भत्ता सहितको तलब खाने गरेका छन । कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने गरेका ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै नियमित उपचारमा आउने सेवाग्राही भन्दा बढी संख्यामा रोगीको लिस्ट बनाइ बजेट खर्चिने तथा औषधी वितरण गर्ने गरेका साथै निःशुल्क दिनुपर्ने औषधिहरु स्वास्थ्य केन्द्रमा अहिले छैन भन्दै बाहिर आफ्नो निजि किलिनिकमा किन्न लगाउने र स्वास्थ्य केन्द्रमा भएको औषधी बाहिर लगि विक्री गर्ने गरेका ज्ञापन पत्रमा रहेको छ । कार्यालयका कर्मचारीले कार्यालयको उपचार समाग्री घरमा लैजाने तथा प्राईवेट क्लिनिक लगेर प्रयोग गर्ने गर्नुका साथै कर्मचारीले स्वास्थ्य केन्द्रको सामाग्री निजी प्रयोगमा लैजादै गरेको भिडियो क्लिप स्थानियले राखेको बतथाएका छन ।

स्वास्थ्य केन्द्रमा विगत ६÷७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना महिला कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स/फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचरीबाट रकम असुल गरी पदको दसरुपयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीको ठहर रहेको छ ।

राजनितिक पहुँचका आधारमा आएका अस्थाई कर्मचारी महिनामा १÷२ दिन मात्र कार्यालमा आउने गरेको र महिना भरीको तलब बुझ्ने गरेका छन् । यसका साथै कार्यलयमा अनेकौं नियम बिपरित कामहरु ह्ुदै आई रहेको छ । यस सन्दर्भमा स्थानिय बासीहरुको गम्भिर ध्यानाकर्षन भई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती संग छलफल तथा समन्वय गरी स्थानीय युवाहरुले अस्पतालमा निगरानी बढाए पछि अस्पताल प्रशासनले आफैले गठन गरेको संचालक समिति ६ महिना नबित्दै सुचना निकाली खारेज गरी मनोमानी गरेको स्थनियहरुको ठहर छ । उपरोक्त बुंदाहरुमा छानविन गरी कार्यालय प्रमुख डा.रमेश मिश्र लाई कानुन बमोजिम कार्यवाही गर्न अनुरोध गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापकीय सुधार गरी प्रदान गरिने अयुर्वेद सेवा नियमित तथा सहज रुपमा सुचारु गराउनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती तथा स्थानीय वडा बासीहरु अध्यन अनुसार प्राप्त बिषय समेटेर संयुक्त रुपमा स्थानिय युवा नेता उदयनारायण कुशवाहा संयोजकत्वमा ज्ञापन पत्र बुझाएका छ । जिल्ला आयुर्वेद स्वास्थय केन्द्रले अनियमितता बन्द गरी चुस्त दु्रस्त व्यवस्थापकिय सेवा सहित यस कोविड१९ को महामारी एवं विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित विभागले निर्देशन गरे बमोजिमका आयुर्वेद सेवा लगायतका सम्पुर्ण सेवाहरु सहज रुपमा सुचारु नगरेमा स्थानियहरु थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यवहोरा ज्ञापन पत्र मार्फत जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *