Logo
25 Apr 2024    १३ बैशाख २०८१, बिहीबार

ताजा खबर

विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपालको अडिसन जेठ ५ गते हुँदैं गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं:साइबर ब्युरो छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुदै

अख्तियारको कार्यवाहक प्रमुखमा डा. गणेशराज जोशी

admin

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा. गणेशराज जोशीले पाएका छन्। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको २८ भदौमा कार्यकाल सकिएपछि जोशीले जिम्मेवारी पाएका हुन्।

जोशीको कार्यकाल आगामी १९ चैतसम्म बाँकी छ। उनी १९ चैत २०७१ मा आयुक्तमा नियुक्त भएका थिए। आयोगमा जोशीसँगै डा. सावित्री थापा गुरुङ मात्रै आयुक्त हुन्। घिमिरेको कार्यकाल सकिएसँगै आयोगमा अब तीन जनाको पद रिक्त भएको छ।

संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि अख्तियारलगायत संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक परिषद्ले अख्तियार लगायतका संवैधानिक निकायमा आयुक्त नियुक्त गर्ने व्यवस्था संविधानमा छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र विपक्षी दलको नेता रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको