Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

कर्णालीको भोक मेटाउन जापानबाट चामल

admin

कर्णालीको भोक मार्न जापानबाट चामल नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताए । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त भवनको दुई महिना अघि संस्थानलाई हस्तान्तरण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए । सो भवन रु पाँच करोडको लागतमा निर्माण भएको हो । हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएकामा खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी तथा अन्य खाद्य सामग्रीको गुणस्तर परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले जानकारी दिए । संस्थानका प्रवक्ता सापकोटाले यसवर्ष दुई लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य रहेको बताए । उनले हालसम्म ७० हजार क्विन्टल चामल खरिद गरिसकेको, पूूर्वतिर भर्खर खरिदका काम शुरु भएको र फागुनसम्म खरिद भइसक्ने बताए । यसवर्ष जापानबाट ५१ हजार क्विन्टल चामल प्राप्त हुने र कर्णालीलगायत दुर्गम तथा अत्यावश्यक स्थानमा पठाउने योजना रहेको उनको भनाइ थियो ।

रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको