Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

भारतीय पद्मश्री पुरस्कारबाट डा. सन्दुक रुइत सम्मानित

admin

नेपाली आँखा चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने भएको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विहीबार राति विभिन्न पुरस्कारहरूको घोषणा गरेको हो भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जाको नागरिक सम्मान पाउनेहरूको सूचीमा रुइतको नाम पनि समेटिएको छ । ‘सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ अष्ट्रेलियामा अध्ययन गरेपछि नेपाल फर्किएर उनले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र सल्यचिकित्सा प्रविधिको आबिस्कार गरेका थिए । उनी आँखाको प्रसिद्ध डाक्टरको रुपमा चिनिन्छन् । अहिलेसम्म झण्डै एक लाख बढी मानिसलाई आँखाको दृष्टि दिएर संसार देखाइसकेका छन् भने बिभिन्न देशमा उनले दिएको तालिम र प्रबिधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् । यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको