Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

फरार भए चूडामणि शर्मा

admin

अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा फरार भएको समाचारलाई आज जनता पोस्ट दैनिकले लेखेको छ ।  कर फछ्यौट आयोगको मुद्दामा विशेष अदालतबाट एक करोड धरौटीमा छुटेका शर्मालाई अख्तियारले अकुत सम्पत्तिको अनुसन्धानमा मुद्दा दायर गरेको थियो । अनुसन्धान अन्तिम चरणमा पुग्न लाग्दा शर्मा फरार भएका हुन् ।
समाचार अनुसार, बयानकै क्रममा उनले आफू बिरामी परेकाले बयानका लागि आउन नसक्ने निवेदन अख्तियारमा पेश गरेका थिए । अख्तियारले पटकपटक बयानमा बोलाउँदा पनि शर्मा अख्तियार नगएको स्रोतको हवाला दिँदै जनता पोस्ट दैनिकले समाचार लेखेको छ । शर्मा फरार भएसँगै अख्तियारले उनका नाममा पुर्जी काटेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको