Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

मिलाप मासिकको गजल वाचन कार्यक्रम आयोजना

admin

मिलाप मासिक पत्रिकाको आयोजनामा डिल्लीबजार स्थित सर्वनाम थिएटरमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । बराह ज्वेलरीको प्रयोजनमा भएको सो कार्यक्रममा तीन युवा गजलकार मिलन शाह शंकर, हरि पंगेनी र पवन गदाल रुद्रले आफ्ना गजल प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा धरोहर बाल संरक्षणको डकुमेन्ट्री देखाइएको थियो भने बाल संरक्षणकी संचालिका बिनिता अर्याललाई नगद रु पन्ध्र हजार पुरस्कारका साथ सम्मानित गरिएको थियो । कार्यक्रममा उक्त बाल आश्रमलाई शान्ति श्रेष्ठले नगद रु. दश हजारको चेक हस्तान्तरण गरिन ।
नायिका एवम् गायिका सारिका घिमिरेले स्वागत् मन्तव्य दिएर सुरु भएको कार्यक्रममा तीनै जना गजलकारलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुकार पौडेलको हातबाट सम्मान पत्र प्रदान गरेको थियो । उत्त कार्यक्रममा विशिष्ट कलाकार बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष राम केशर बोगटी, उत्तम के।सी। निर्मल शर्मा, लय संग्रौलाका साथै संगीतकारहरुमा राजु सिंह, राम सिटौला, सन्तोष श्रेष्ठ र ललित–कला प्राज्ञ ज्योति प्रकाश तथा संगीत–कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतका कलाकार एवम् संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेलको आतिथ्यमा आयोजित कार्यक्रमलाई गजलकार बाबु त्रिपाठीले संचालन गरेका थिए भने समापन कार्यक्रम सभापति गीता अधिकारीले गरेकी थिइन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको